सुनको भाउ आज ३ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि बढेको छ ।
हिजो तोलामा एकैदिन २ हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १९ हजार १ सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ थियो ।
गएको १८ गते सोमवार सुन अहिलेसम्मकै महँगो तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको प्रधानमन्त्री ओलीको दाबी
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ। चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा ९५ बुँदे मार्गदर्शन जारी
काठमाण्डौ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा
.jpeg)





प्रतिकृया दिनुहोस