आजको मौसम : बिहान बेलुका हुस्सुकुहिरो, तत्काल पानी नपर्ने
काठमाण्डौ । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम–बादल भइरहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
आज, भोलि र पर्सिको मौसम पनि यस्तै रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ । पहाडी क्षेत्रमा लागेको हुस्सुकुहिरो केहीबेरमा हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने दिउँसोपछि मात्रै हुस्सुकुहिरो हट्ने अनुमान छ ।
नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण मौसम बदली भइरहेको छ । मौसम बदली भइरहे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् कँडेलले बताउनुभयो । हिजो पाँचथरमा भने हल्का वर्षा भएको थियो ।
यसैबीच, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौसँगै देशका धेरै ठाउँकै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले चिसो बढ्दो छ ।
सिद्धान्तकार अधिकारीको स्वर्ण जन्मोत्सव सम्पन्न
काठमाडौँ । सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह शुक्रवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने
काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका
सञ्चारविद् निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन समिति गठन
काठमाडौँ । ख्यातिप्राप्त सञ्चारविद् एवम् 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव
.jpeg)





प्रतिकृया दिनुहोस