• बिहीबार ५-११-२०८३/Thursday 08-27-2026

देशका धेरै ठाउँमा मौसम बद्ली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना 

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बद्ली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदले बताएका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।


वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । केही दिन यता लगातार मौसम बद्ली भइरहेको छ । हिउँदयामको यो बेला पश्चिमी वायुको प्रभाव धेरै रहने भएकाले मौसम बद्ली हुने प्रक्रिया खासै नौलो नभएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।


काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु, कुहिरो केहीबेर पछि हटेर घाम लाग्ने छ । तर, घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो  ।  आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको उहाँको भनाइ छ । यस्तै, तराईका जिल्लामा भने दिउँसो पछि मात्रै हुस्सु हट्ने मौसमविद् पुडासैनीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

सिद्धान्तकार अधिकारीको स्वर्ण जन्मोत्सव सम्पन्न

  काठमाडौँ । सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह शुक्रवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने

काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका

सञ्चारविद् निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन समिति गठन

काठमाडौँ । ख्यातिप्राप्त सञ्चारविद् एवम् 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव